स्वर्गद्वारी नगरपालिकाको वडा नं. ५ साविक सारी गा.वि.स. वडा नं. १,२,३,४,५,६,७,८,९ मिलेर बनेको हो । यस वडाको जम्मा जनसंख्या ३५९४ रहेको छ र ८५० घरधुरी रहेको छ । श्री हिरामणि भण्डारी २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । श्री गिर बहादुर घर्ति मगर २०७९ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । अरु वडामा जस्तै यस वडामा पनि कृषि नै जिविकोपार्जनको मुख्य पेशा रहेको छ । बाहुन, क्षेत्री आदिको वसोवास रहेको यस वडामा हरियाली भएको भिरालो जमिन रहेको छ । सारी भू बनोट यहाको मुख्य पर्यटन स्थलको रुपमा रहेको छ ।
Language Nepali