स्वर्गद्वारी नगरपालिका नेपालकाे लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । भाैगाेलिक हिसाबले ८००३६'००" देखि ८२०४८'३०" पूर्वी देशान्तर र २८०३०'०५" देखि २८०१२'३०" उतरी अक्षांश सम्म फैलिएर रहेकाे २२४.७० वर्ग. कि.मी. क्षेत्रफलमा फैलिएर रहेकाे यस नगरपालिकाकाे उतरमा राेल्पा जिल्ला पूर्वमा प्यूठान नगरपालिका, पश्चिममा दाङ र राेल्पा जिल्ला र दक्षिणमा दाङ जिल्ला र माण्डवी गाउँपालिका रहेकाे छ । साविकका गा.वि.स.हरू काेचिवाङ,स्वर्गद्वारी खाल, भिंगृ, सारी, वेलवास, वर्जीवाङ र गाेठिवाङ गाविसहरूलाइ समेटेर मिति २०७३ फाल्गुन २२ गते स्वर्गद्वारी नगरपालिका घाेषणा गरिएकाे थियाे । उष्ण, समशिताेष्ण र शिताेष्ण हावापानी भएकाे यस स्वर्गद्वारीकाे अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस, न्यूनतम तापक्रम ११.८ डिग्री सेल्सियस रहेकाे पाइन्छ । सामुदायिक र संस्थागत गरी ९ वटा मा.वि., ८ वटा नि.मा.वि. र ४६ प्रा.वि. गरी जम्मा ६३ वटा शिक्षण संस्थाहरू र पि.एच.सि. सहित ७ वटा स्वास्थ्य संस्थाहरू संचालित छन ।
प्यूठान जिल्लामा अवस्थित २२४,७० वर्ग.कि.मी. क्षेत्रफलमा फैलिएर रहेकाे राष्ट्रिय जनगणना २०७८ बमोजिम यस नगरपालिकाकाे जनसंख्या ३२,०३७ रहेकाे छ ।