आज मिति २०८२/३/१० गते स्वर्गद्वारी नगरपालिकाको १७ औ नगरसभाको पहिलो बैठक सम्पन्न भएको छ । नगर प्रमुख श्री टेक प्रसाद भण्डारीज्युले आगामी आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पेश गर्नु भयो भने नगर उप प्रमुख श्री मिनराज रानामगर ज्युले आगामी आ.व २०८२/०८३ को बजेट तथा कार्यक्रम, विनियोजन ऐन २०८२, आर्थिक ऐन २०८२ र न्यायीक प्रतिबेदन पेश गर्नु भयो । सार्वजनिक लेखा समितिका संयोजक श्री कृष्ण बहादुर रोकायज्यु ले महालेखा परिक्षकको बेजुरु प्रतिबेदन पेश गर्नु भयो र बिधायन समितिका संयोजक श्री कमल घर्ती मगर ज्युले आर्थिक ऐन २०८१ को दोस्रो संशोधन, विभिन्न ऐन, कार्यबिधी संशोधन तथा नगरपालिकाबाट निर्माण भएका ऐन, कार्यबिधी पेश गर्नु भयो ।