मिति २०८२/२/१७ गते स्वर्गद्वारी न.पा ८ दहचौरमा रहेको शान्तीपार्कको संस्कृती, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री माननीय बद्रीप्रसाद पाण्डेज्युको प्रमुख आतिथ्यतामा समुद्घाट्न कार्यक्रम सन्चालन भएको छ । उक्त समुद्घाट्न कार्यक्रमको अध्यक्षता स्वर्गद्वारी नगरपालिका, भिंग्री प्यूठानका नगर प्रमुख श्री टेक प्रसाद भण्डारी ज्युले गर्नु भएको थियो भने यस स्वर्गद्वारी नगरपालिकाका उप प्रमुख श्री मिनराज रानामगर ज्युले स्वागत मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रममा प्रदेश सभा सदस्यज्युहरु, राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्षज्यु, प्रमुख जिल्ला अधिकारी ज्यु, जिल्ला समन्वय उप प्रमुख ज्यु, विभिन्न पालिकाका प्रमुख/अध्यक्ष ज्यु, स्वर्गद्वारी नगरपालिकाका उप प्रमुख श्री मिनराज रानामगर ज्यु, जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिज्युहरु, नगर स्तरीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि ज्युहरु, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी लगायत नगरबासीहरुको उपस्थिति रहेको थियो ।