मिति २०८२/२/१५ गतेका दिन यस स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख श्री टेक प्रसाद भण्डारीज्युको अध्यक्षता, नगर उप प्रमुख श्री मिनराज रानामगरज्युको विशेष आतिथ्यता तथा पृथ्वी होटल व्यवसायी समिती पोखराका अध्यक्ष लगायत समितिका १९ जना पदाधिकारी,होटल ब्यवसायी संघका सदस्य, पत्रकार, होटल ब्यवसायी भिङ्री बजारका अध्यक्ष तथा समितीका सदस्यहरु तथा भिङ्री बजारका होटल ब्यवसायीहरुको उपस्थितिमा पोखरा भ्रमण वर्ष २०२५ भव्य रुपले सफल पार्न पर्यटन व्यवसायी र सरोकारवालाहरु सङ्ग भेटघाट तथा अन्तरकृया कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको सभाहलमा सन्चालन भएको छ । साथै पोखरा भ्रमण वर्ष २०२५ को अवसरमा आवास तथा खानामा २०% छुट , पर्यटकिय क्षेत्र घुम्नको लागि १० % छुट तथा खेल तथा अन्य मनोरञ्जनहरुमा १० % छुट रहेको ब्यहोरा पृथ्वी होटल व्यवसायी समिती पोखराका अध्यक्षले जानकारी गराउनु भएको छ ।