FAQs Complain Problems

स्वर्गद्वारी नगरपालिकाका अग्नी पिडितहरुलाई जस्ता पाता निसुल्क हस्तान्तरण गर्नु हुदै नगर प्रमुख

स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख श्री नेत्र बहादुर रोका क्षेत्रीले नगर भित्रका अग्नि पीडित हरुलाइ निशुल्क जस्ता पाता हस्तान्तरण गर्नु भएको छ। अग्नि पीडित वडा नम्बर १ बाट दुन बहादुर घर्ती वडा नम्बर २ बाट तिलक रोका, टोप बहादुर रोका, कुल बहादुर रोका , हरि बहादुर रोका, वडा नम्बर ३ बाट केशर बहादुर घर्ती ,पहल बहादुर खत्री , रमेश रोका, तारा बहादुर कवर , गोपाल बहादुर घर्ती, सोनु सुवेदी, रमेश खत्री ,वडा ६ बाट सिबलाल पुन, सन बहादुर घर्ती , वडा नम्बर ७ बाट दाम बहादुर , लाल बहादुर पुन, र वडा नम्बर ९ बाट चुमा सार्की गरि जम्मा १७ जना अग्नि पीडितहरुलाइ निशुल्क जस्ता पाता उपलब्ध गराइएको हो। जस मध्य वडा नम्बर २ का अग्नि पीडित हरुले घरको संरचना निर्माण गरिसकेको अर्थात जस्ता लगाउनको लागि सबै काम तयारी भैसकेकोले आज जस्ता पाता हस्तान्तरण गरिएको छ। अरु सबै पीडित हरुले जस्ता पाता छाउन अन्य संरचना तयार गरिसके पछि हस्तान्तरण गरिने छ। साथै नगर पालिकाको सुरक्षीत आवास कार्यक्रम अन्तर्गत खरको छानो बिस्थापित कार्यक्रमको लागि पनि जस्ता पाता नगर पालिकामा खरिद भैसकेको छ अबको केही दिन मै हस्तान्तरण गरिने छ। प्राथमिकतामा तोकिएका वडाका ब्यक्तिहरुले जस्ता पाता छाउनको लागि अन्य संरचना तुरुन्तै बनाउन समेत नगर प्रमुखले आग्रह गर्नु भएको छ। यसै आर्थिक बर्षमा विभिन्न वडाका ४२५ घरमा जस्ता पाता लगाउने गरि जस्ता खरिद भएको छ।

आर्थिक वर्ष:

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?