header AD

हाम्रो मिशन

दिर्घकालिन सोच (vision)

 दिर्घकालिन सोच (vision) “समृद्ध स्वर्गद्वारी, कृषि पर्यटन र रोजगारी" ३.५.१.१ दिर्घकालिन सोच निर्माणका आधारहरु स्वर्गद्वारी नगरपालिकामा स्वीकार गरेको विकास र सेवा प्रवाहमा निर्देशक सिद्धान्त, विद्यमानमा रहेका र भविष्यमा उपलब्ध हुन सक्ने श्रोत र साधनको खाका र यस पालिकामा रहेका विद्यमान सम्भावना र अवसरहरुका आधारमा दिर्घकालिन सोच निर्माणकालागि देहाय बमोजिम आधारहरुमा स्वीकारिएको छ । १. औद्योगिक विकास तथा व्यवसाय औद्योगिक क्षेत्रको पूर्वधार विकासमा निजी क्षेत्र समेत उत्साहित रहेको कारण नयाँ उद्योग स्थापना सञ्चालनकालागि उपयुक्त कानूनी संरचना निर्माण गरिने छ । स्थानीय स्तरमा उत्पादन हुने कच्चा पदार्थ, स्रोत साधन र सीपमा आधारित घरेलु तथा साना उद्योग स्थापना, विकास र प्रवद्धन गरी औद्योगिक उत्पादनमा बढोत्तरी ल्याउन सकिने उद्योगहरुबाट हुन प्रदुषण न्यून गर्न वातावरण मैत्री अवस्थाको विकास र विस्तारका लागि सम्बन्धित सरोकारवाला तयार रहेको आवश्यक नीति तथा कानून निर्माण गरी व्यापार तथा ब्यापारिहरुको सुरक्षा प्रत्याभूति साथ मुख्य बजार केन्द्र भित्र व्यापार व्यवसायलाई चौविसै घण्टा सञ्चालन हुने वातावरण तयार गर्न सकिने सम्भावना रहेको दलीय सहभागिताको आधारमा बन्दमुक्त स्वर्गद्वारी लाई निर्माण गर्न सकिने कृषि उत्पादनमा आधारित उद्योगहरुको स्थापना र विकास साथै व्यापारिक तथा व्यवसायिक कारोवार अभिवृद्धि बाट वैदेशिक रोजगारीमा जाने जनशक्तिको मात्रा कटौती गर्न सक्ने २. स्वास्थ तथा सरसफाई नगर अस्पताल सञ्चालनमा रहेको साथै नगरपालिकाका सवै वडामा प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूले स्थानीय स्तरमा सेवा प्रवाह गरिरहेका  नगर अस्पतालको स्तरोउन्नती गरी विशेषज्ञ चिकित्सक सहितको सेवा विस्तार विकास गर्न सकिने जेष्ट नागरिक तथा अपाङ्गता भएकाहरुकालागि नियमित रुपमा स्वास्थ्य परिक्षण तथा उपचारको सेवालाई होमडीलेभरि सेवा सञ्चालन गर्ने तथा यसकालागि विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य कृटिकल केयर एम्बुलेन्स सञ्चालन गर्ने तयारी नगरपालिकाले गरेको आर्थिकरुपमा पछाडी परेका समुदाय सम्म स्वास्थ्य सेवाको पहुँच विस्तार र विकास हुँदै गएको वाल मृत्युदर प्रति हजारमा २५ जना, मात्रु शिशु मृत्यु दर जीवित जन्ममा प्रति हजारमा १४ जनाम मात्रु मृत्यु दर प्रति लाखमा १८० मा कायम राख्न सकिने गरी दिगो योजना तयारीको अवस्थामा रहेको बहुक्षेत्रीय पोषणको अवधारणालाई सबै नागरिक सँग आवद्ध गराई स्वास्थ्य समाज निर्माण गर्न सकिने सुनौलो अवसरहरु पर्याप्त रहेको खानेपानी पूर्वाधारको क्रमिक विकास भइ रहेका कारण आगामी ५ वर्ष भित्र यस नगरपालिकाका ९५ प्रतिशत भन्दा बढी घरपरिवारलाई शुद्ध, सफा, सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउने लक्ष्यका साथ नगरपालिकाले आफ्ना योजनाहरु कार्यान्वयनमा ल्याएको पशुपंक्षी स्वास्थ्य सेवा अस्पताल तथा कृषिबाली विकासका लागि माटो परिक्षण समेतका परिक्षणशालाको विकास गर्न नगरपालिका प्रतिवद्ध रहेको कृषि विषादीको प्रयोग बाट कृषि बालिमा हुने संक्रमण रोगहरुको नियन्त्रण गर्न सकिने सम्भावना रहेको विभिन्न स्थानमा सार्वजनिक शौचालयहरुको स्थापना गर्न नगरपालिका प्रतिवद्ध रहेको ३. शिक्षा स्वर्गद्वारी नगरपालिका धार्मिक शैक्षिक हवको रुपमा विकाश गर्न सकिने प्रवल सम्भावना रहेका छ यस नगर भित्र हाल १० वटा माध्यमिक विद्यायय ७ वटा आधारभूत विद्यालय र ३७ वटा प्राथमिक विद्यालय, ६ संस्थागत पुर्व प्रा.लि कक्षा सञ्चालनमा रहेका छन् भने उक्त विद्यालयहरुमा करिव १०,३६० जना वालवालिकाहरु अध्यनरत छन् । कृषि तथा पशुपन्छी बालि प्रवर्द्धन र विकासकालागि प्राबिधिक शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पूर्वधारको सहज व्यवस्थापन गर्न सकिने र सोका लागि प्राविधिक शिक्षालयको व्यवस्था गर्न सकिने नगरपालिका क्षेत्रमा प्राविधिक शिक्षालाई उच्च प्राथमिकता दिई सञ्चालनमा ल्याउने गरी नगरपालिकाले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने नीति लिएको चिया, अन्य बालि, पशुपन्छी बालि उद्योग व्यापार तथा व्यवसायको स्वर्गद्वारी अध्यन अनुसन्धान केन्द्र स्थापना गरी कार्यान्वयनमा ल्याउने गरी नगरपालिकाले तयारि गर्न थालेको आवधिक योजना अवधिमा ९० प्रतिशत भन्दा बढी जनसंख्या उच्च शिक्षा हासिल गर्न सक्ने अवसर सृजना गर्न सकिने सम्भावना रहेको ५ वर्ष सम्म माध्यमिक तह सम्मको शिक्षा पूर्णता निशुल्क गर्ने अभियानमा नगरपालिका क्रियाशिल रहेको प्राविधिक शिक्षा (इन्जिनियर, होटल म्यानेजमेन्ट, पर्यटन, कृषि पशु आदि) प्रमाणपत्र तह सम्मको अध्ययन अध्यापनकालागि सम्बन्धित सरोकारवालाहरु क्रियाशिल हुने वातावरण बन्दै गएको आधारभुत तहमा सतप्रतिशत र माध्यमिक तहमा न्युनतम ९० प्रतिशत बालबालिकाले अध्ययन गर्न पाउने वातावरण विकास गर्न नगरपालिका शिक्षा शाखा क्रियाशील रहेको ४. कृषि तथा पशुपन्छी स्वर्गद्वारी नगरपालिकाको जम्मा २२४.७ वर्ग कि.मी. क्षेत्रफल मध्ये ४.४५ प्रतिशत कृषि क्षेत्र रहेको धान, मकै, गहु, आलु र तरकारीको खेति भईरहेको सम्पूर्ण कृषि क्षेत्रहरु मध्ये ६५ प्रतिशत ६५० हे. जग्गामा सिचाई सुविधा उपलब्ध भएको नगरक्षेत्रभित्र परम्परागत प्राय सवै कृषक परिवारले पशुपालन गरिरहेको छन् भने हालसम्म पशुपंक्षी तथा मत्स्य विकास शाखामा १३८ वटा कृषक समूहहरु, ५ गाइ फर्महरु, ११० बाख्रा फर्महरू ३४ कुखुरा फर्महरू र १२ बंगुर फर्म हरु दर्ता भइ व्यवसायिक उत्पादन गरिरहेका छन् । नगरक्षेत्र भित्र ६ वटा मासु पसलहरु नगरपालिकामा दर्ता भइ सञ्चालनमा आएका छन् । कुखुराको मासु बंगुरको मासु तथा पाठापाठी, र दुधमा नगर आत्मनिर्भर उन्मुख छ भने च्याउ उत्पदनमा र माहुरी उत्पादनमा आत्मनिर्भर उन्मुख रहेको छ । कृषक तथा नगरपालिकाको सहकार्यबाट कृषि क्षेत्रलाई उन्नत मल बिउ र प्रविधि सहित विकास गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने प्रसस्त सम्भावना रहेका कारण माछा, कुखुराको मासु अन्डा र तरकारीमा आगामी ५ वर्ष भित्र पूर्ण रुपले आत्मनिर्भर हुन सक्ने गरी कार्यक्रम सञ्चालन भइ रहेका ५. भौतिक पूर्वाधार विद्यमान रहेका सडकको स्तरोउन्नती गर्दै युटिलिटी सहितको सडक निर्माण गरिने सडक गुरु योजना तयार गरी प्राथमिकताको आधारमा सडकको निर्माण गरिने छ भवन आचारसंहिता (Building by laws) तयार गरी अभिलेखीकरण तथा नक्सा पास गरिने छ नयाँ निर्माण हुने सडकमा ड्रेन युटिलिटी कोरिडोर सहितका निर्माण गरिने साथै भइ रहेको सबै सडकमा ५ वर्ष भित्र उच्चस्तरीय ग्राभेल गरी सबै सडकको स्तरो उन्नति भइ सक्ने ५ वर्षमा ९५ कि.मि. सडक कालो पत्र तथा पेवर्स लगाएको हुने (१४८ कि.मि. ग्रावेल तथा ३४८ कि.मी. कच्ची सडक हुने) ५ वर्ष भित्र सबै घरमा विद्युत सेवा पुर्याउने हुने छ । पालिकाका विभिन्न खोला कोरिडोर निर्माण गर्न दुई वर्ष भित्रमा अध्यन गरी DPR तयार गरी सम्बन्धित निकायमा प्रस्ताव पेश गरिने सतह नाला सहितको शहरी विकास गुरु योजना निर्माण गरिने स्थानीय बजार सञ्चालन व्यवस्थापनको लागि कानूनी संरचना निर्माण गरिने छ भने भेइरहेको कृषि थोक बजार लाई व्यवस्थित गर्दै लाने तथा वैकल्पिक कृषि बजारको समेत अध्ययन गरिने यातायात व्यस्थापन ऐन निर्माण गरी व्यवस्थित सञ्चालनको सुनिस्चितता गरिने खेलमैदान हरुलाई पनि व्यवस्थित गर्दै लगिने छ र खेलप्रति यहाका युवा पिढीलाई जागरुकता जगाउने ६. पर्यटन विकास एकिकृत स्वर्गद्वारी पर्यटन, कृषि र पूर्वाधार विकास योजना तयार गरि सोहि अनुसार कार्य गर्ने नगर क्षेत्रभित्रका पर्यटकीय एवं धार्मिक क्षेत्रलाई व्यापक प्रचार प्रसार गरी आन्तरीक तथा बाह्रय पर्यटकलाई आकर्षक गरिनेछ । स्वर्गद्वारी आश्रमलाई प्रमुख पर्यटकीय एवं धार्मिक क्षेत्र मानि त्यस आसपसका क्षेत्रहरुको समेत पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । पर्यटकीय व्यवसायलाई व्यवस्थित र व्यवसायिक बनाउन स्वर्गद्वारी केवलकार सञ्चालनको लागि विभिन्न पर्यटन व्यवसायी एवं निजी क्षेत्रको लगानी मैत्री वातावरण तयार गरिने छ । ग्रामिण क्षेत्रलाई होमस्टे सञ्चालन गर्न विशेष प्रोत्साहन गरिनेछ । परम्परागत भाषा संस्कृति र भेषभुषा पर्वको संरक्षण गर्न आवश्यक कार्यक्रम सञ्चालनग रिनेछ । पर्यटन पूर्वाधार विकासमा ध्यान दिई स्वर्गद्वारी नगरपालिकालाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ । माण्डवी नदिमा प्याफटिङ सञ्चालन संघीय सरकार, प्रदेश सरकार तथा विभिन्न पर्यटन व्यवसायिहरुसँगको समन्वय कार्य अगाडि बढाउने छ । धनवाङको होमस्टेलाई पर्यटकीय क्षेत्रको रुपमा थप प्रवर्द्धन गरिनेछ । सारीको भू-बोटलाई पर्यटकीय क्षेत्रको रुपमा प्रवर्द्धन गरिनेछ । स्वर्गद्वारी मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा प्रवर्द्धन गरिनेछ पर्यटन व्यवसायको बढी मान्यता दिई रोजगारको अवसर शृजना गर्ने पर्यटन गुरुयोजना तयार गरी कार्यान्वयन गरिने छ ७. वनजङ्गल विद्यमान वनजङ्गललाई संरक्षण र प्रवर्द्धन गरी काष्ठ उद्योगको विकास गर्न सकिने साथै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने । काष्ठ उद्योगका लागि १ वटा रुख काटेपछि त्यसको ठाउँमा ५ वटा रुख बिरुवा रोप्ने अनावस्यक वन जङ्गल बिनास बाट हुने नोक्सानी बारेमा सबै बासिन्दालाइ अबगत गराउने वन जङ्गललै पार्कको रुप रेखा दिएर पर्यटन व्यवसायलै बढोतरी गर्ने शहरी वन विकाश कार्यलाई जोड़ दिदै हरित नगरको प्रारूप तयार गर्ने हरित पार्क निर्माण गर्ने जडीबुट्टीको लागि उपयुक्त वनजंगलमा सो अनुसार जडीबुट्टी खेति गर्ने   सडक पेटी, नदि किनार र खुला क्षेत्रमा वृक्षारोपण गरी हरियाली प्रवर्द्धन गरिने ८. भू- उपयोग भू-उपयोग योजना निर्माण बाट स्वर्गद्वारी नगरका प्रथामिकता प्राप्त क्षेत्रको विकासलाई व्यवस्थीत पार्ने खेतीयोग्य, आवासीय, उद्योगिक, कृषि योग्य जग्गा वर्गीकरण गरी सोहि अनुसार मापदण्ड तयार गरी land use plan अनुसार विकास कार्य अगाडि बढाउने । ३.५.२ मिसन (mission) स्वर्गद्वारी नगरपालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रलाई पहिलो उद्योग, पर्यटन, व्यापार क्षेत्रलाई दोस्रो, कृषि तथा पशुपन्छी पालन क्षेत्रलाई तेस्रो प्राथमिकतामा राखी श्रोत साधन परिचालन गर्दै रोजगारी सिर्जना र गरिवी न्यूनीकरणका साथै नगरको सुशासन सहितको समृद्धि तर्फ अगाडि बढ्ने मुख्य मार्गदर्शक हुनेछ । ३.५.३ लक्ष्य (goal) क. अगाडि २० वर्षमाः- मानव विकासका तिन वटै सुचकमा वृद्धि गर्दै आगामी २० वर्षमा स्वर्गद्वारी नगरपालिकाका नेपालको मानव विकास सूचाङ्ककमा शिर्ष पाँच स्थापना रहेको नगरपालिका हुनेछ । ख. अगामी ५ वर्षमा :- स्वर्गद्वारी बासीहरुको स्वास्थ्य शिक्षा, आय र जीवनस्तरमा गुणात्मक सुधार भइ निरपेक्ष गरिवी ५ प्रतिशत झरेको हुनेछ । ३.५.४ उद्देश्य क. मुलभूत उद्देश्य नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिकम, भौतिक तथा भौतिक पूर्वाधार विकासकालाई दिर्घकालिन सोचले निर्धारण गरेको लक्ष्य प्राप्त गर्न कम्तिमा ५ वर्ष अवधिकालागी आवधिक योजना तर्जुमा गर्ने ख. सहायक उद्देश्यहरु वर्तमान संबिधान, ऐन कानूनले अधिनमा रही यस पालिकाको समृद्धिको मार्ग प्रशस्त गर्न स्थानीय आवश्यकता बमोजिम दिगो विकासको जग बलियो बनाउन आवश्यक योजना तथा कार्यक्रमहरु परिचालन गर्ने वर्तमान अवसर र भावी सम्भावना समेतका आधारमा नगरपालिकाको दिर्घकालिन सोच अनुरुप विकाश लक्ष्य प्राप्त गर्न सबै विषयगत गुरुयोजना, मध्यकालीन खर्च संरचना यस नगरपालिकाको संस्थागत स्वमुल्याङ्कनमा आधारित सूचकहरुकालागि मार्ग निर्माण गर्ने नगरपालिकाको वार्गीकित विकासमा आधारित भौतिक, सामाजिक वातावरण व्यवस्थापन, आर्थिक, वित्तीय, संस्थागत विकास जस्ता विषयगत क्षेत्रहरु र तदनुरूप लक्ष्य, उद्देश्य, नतिजा रणनीतिक, कार्यक्रमहरु बजेट दिर्घकालिन योजना तथा कार्यक्रम तर्जुमा गर्ने