FAQs Complain Problems

अत्यन्तै जरुरी सूचना

आदरणीय नगरबासी आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरु, नगरपालिकाले निशुल्क रुपमा बसको ब्यवस्था गरि नेपालको बोर्डरमा अलपत्र परेका ३५३ जना नगरिकहरुको उद्दार गरिसकेका छ । अहिले भारतबाट हिडिसकेका करिब ३०० जना सम्पर्कमा आउनुभएको छ र केहिले आजभोलिमा हिड्ने जानकारी गराउनु भएको छ । नगरपालिका तपाईंहरूलाई सुरक्षित उद्दार , क्वारेन्टाइन, परिक्षण ,चेकजाँच तथा कुसल ब्यवस्थापनमा लागिरहेको छ। तपाइँहरु जोजो भारतबाट हिडिसक्नु भएको छ उहाँहरुलाइ स-कुशल ब्यवस्थापन गर्ने छौ। नगरपालिकाका सम्पुर्ण वडाहरुले बस्ती स्तरमा स्वयंसेवक परिचालन गरि तपाईंहरु भारतबाट हिडिसकेको र घर फर्किन चाहनेहरुको तथ्यांक संकलन गरिरहेको छ । आफू भारतबाट हिडेको वा फर्किन चाहेको कुरा आआफ्नो परिवारमा जानकारी गराउनुहोला । तपाइँको परिवारबाट त्यो सुचना / तथ्यांक परिचालन गरिएका स्वयंसेवकहरुले संकलन गर्नुहुने छ । स्वयंसेवकले आफ्नो वडा कार्यालयमामा जानकारी गराउने छ । उक्त विवरण वडाकार्यालयले नगरमा पठाउने छ । जो मिति २०७७/०२/ १६ गते सम्म नेपाल प्रवेश गरिसक्नुहुन्छ सबैलाई सुरक्षीत तरिकाले ब्यवस्थापन गर्ने छौ । १६ गते सम्म पनि नेपाल प्रवेश गर्न सक्नुहुन्न भने तपाईं अहिले नहिड्नुहोला। तपाईंहरुलाइ १४/१५ दिन पछि पुनः अर्को सुचना गरि बसको ब्यवस्थापन गरि ल्याउने छौ । तपाइँहरुको दुख,पीडा र भोगेका समस्याहरुलाई नगरपालिका ले बुझेको छ । यधपी तपाईंहरुको सुरक्षीत यात्रा र ब्यवस्थापनको लागि नै यो सूचना जारी गरिएको हो ।
सहयोगको लागि धन्यवाद दिन चाहान्छौ ।
थप जानकारिको लागि : रमेश पोख्रेल ९८५७८३६५०८
गणेशमान कालाथोकी ९८४९३०१८७८, ०८६४००११६
२४ सै घन्टा सम्पर्क गर्न सक्नुहुने छ ।

आर्थिक वर्ष:

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?